भारतीय कारखानामा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

नयाँदिल्ली, जेठ ११ गते । भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको शुक्रबार स्थानीय अग्नि नियन्त्रण विभागका अधिकारीले पुष्टि गरेका छन् ।

बिहीबार भएको बिस्पोटका कारण मृत्यु भएका थप चार जनालाई शुक्रबार घटनास्थलबाट बाहिर ल्याइएको र यससँगै विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अग्नि नियन्त्रक विभागका अधिकारीले उल्लेख गरेका छन् ।

अधिकारीका अनुसार उक्त घटनामा परी घाइत हुने व्यक्तिको सङ्ख्या ६० भन्दा बढी पुगेको छ ।

मुम्बईको नजिकै रहेको ठाणे जिल्लाको डोम्बिवली क्षेत्रमा अवस्थित रासायनिक कारखानामा रहेको एउटा वाष्फक इन्जिन ठूलो आवाजसहित विस्फोट भएको थियो ।

विस्फोटपछि कारखानाका अन्य भागमा आगो तुरुन्तै फैलिँदा अन्य विस्फोटहरू भएका थिए ।  विस्फोटको आवाज १ं५ किलोमिटर टाढाबाट सुनिएको बताइएको छ ।

घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये केहीलाई प्राथमिक उपचारपछि घर पठाइएको छ । 

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
100%
2 km/h
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ