नेपाललाई छ विकेटले पराजित गर्दै युएई एसिसी प्रिमियर कपको फाइनलमा

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाललाई ६ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (युएई) एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । युएईले ओमान र हङकङबिचको सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको शुक्रबारको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य युएईले १७ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । युएईका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले ।

उनले ४१ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५५ रन बनाए ।विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए ।

नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ रन मात्र बनाउन सक्यो ।

पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रूपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन् ।

जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुल्सन झाले २० रन र करण केसीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके ।

अविनाश बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए । नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई÷दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक/एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को विजेता रूपमा सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो ।

नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
light rain
16° _ 16°
100%
3 km/h
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
मंगल
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ