ढल्केबरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयहरुको प्रदर्शन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनुषाको पाँच वटा पालिकालाई सेवा दिनेगरी मिथिला नगरपालिकास्थित ढल्केबरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

जनकपुरधामको विकासमा अवरोध खडा गर्नेगरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोतविरुद्धको सङ्घर्ष समिति गठन गरेर त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

गोप्य रुपमा मालपोत कार्यालय सार्ने विषयमा आफूहरुलाई जानकारी भए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पनि वास्ता नगरेकाले सङ्घर्षमा उत्रिनुपरेको सङ्घर्ष समितिका संयोजक रमण सिंहले जानकारी दिनुभयो ।

प्रदर्शनमा उत्रिएका स्थानीय मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गर्नुका साथै एक घण्टा चक्का जामसमेत गरेका छन् । २०७२ साल असोज १४ गते मन्त्रीपरिषदको निर्णयअनुसार धनुषाको ५ पालिकालाई सेवा प्रदान गर्नेगरी मिथिला नगरपालिकास्थित ढल्केबरमा कार्यालय सार्न लागिएको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
25%
4 km/h
बुध
25 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
12 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ