निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा पदर्शन जारी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा प्रदर्शन जारी राखेको छ ।

कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री नियुक्त गरेर सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार चरम रुपमा असंवेदनशिल  भएको भन्दै मञ्चले गत साउनदेखि लगातार प्रदर्शन गर्दै आएको छ ।

मञ्चकि अध्यक्ष रुबी खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले निरन्तर आन्दोलन गरिरहेको बताइन् ।

गतवर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो ।  छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ ।

तर मुद्दामा मुख्य अभियुक्त बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री छन् । उनी बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेस सांसद निर्वाचित भएका हुन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
45%
3 km/h
शुक्र
22 °C
शनि
23 °C
आइत
24 °C
सोम
26 °C
मंगल
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ