उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादव पदभार ग्रहण

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ ।

पदभार समाल्दै मन्त्री यादवले सङ्घीय तथा प्रादेशिक अस्पतालमा शल्यक्रियामा हुँदैआएको ढिलाइ घटाई छिटो छरितो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै, मन्त्री यादवले डिजिटल प्रविधिलाई अझ प्रभावकारी बनाइ अस्पतालमा लाइन बस्ने अवस्थालाई कम बनाउने, स्वास्थ्य सेवा ऐन २०५३ ऐनलाई एकीकरण गरी नयाँ स्वास्थ्य सेवा ऐनलाई तर्जुमा गर्ने तीनवटा निर्णय गर्नुभएको छ ।

उहाँले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ खानुभएको हो । उहाँले २०७५ जेठ १८ गते पनि सोही जिम्मेवारीमा रहेर करिब डेढ वर्ष मन्त्रालय चलाउनुभएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
82%
5 km/h
मंगल
17 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
31 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ