बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गर्नुभएको थियो । यो विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहनुहुने सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको छ ।

बंैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो ऐन ल्याउन लागिएको हो ।

त्यस्तै यस्ता कसूरको सजाय र अदालती प्रक्रियालाई थप सरल एवम् पारदर्शी बनाउन कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै अर्थ मन्त्रालयले गत असोजमा यो विधेयक दर्ता गरेको हो ।

बैंङ्किङ तथा वित्तीय संस्थामा रकम भएको झुट्टा विवरण पेश गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खाने जस्ता प्रवृत्ति बढेपछि संशोधित कानुन ल्याउन लागिएको हो । प्रतिनिधिसभाको अर्काे बैठक फागुन १० गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
72%
बुध
23 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
20 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ