टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

टीकापुर, राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका पशुपालक किसान र सरोकारवालासँग छलफल गरेको छ । पशुपालनबाहेक अन्य कृषिकर्ममा लागेका किसानसमेतको सहभागितामा भएको छलफलमा किसानका समस्या, उत्पादन, योजनालगायत उत्पादकत्व वृद्धिका समग्र पक्षबारे विचार व्यक्त भएको थियो ।

दूध र मासुुमा आत्मनिर्भर हुनसके दूध तथा दूग्धजन्य पदार्थका लागि रकम बाहिरिने रकम स्वदेशमा नै उपयोग हुने वास्तविकतातर्फ पनि किसानको ध्यानाकर्षण गरिएको थियो ।

विशेष गरी पशुपालक किसानले दाना र घाँसको समस्या समस्या, उत्पादन उचित मूल्य र सहज रूपमा बजारको पहुँच विस्तारमा जोड दिएका थिएभने अन्यले मल, सिँचाइ र उन्नत बीउको प्राप्तिमा सघाउन एकाइका पदाधिकारीलाई अनुरोध गरेका थिए ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख भरत कँडेलले प्राप्त सुझाव तथा माग सम्बोधनका निम्ति सम्बनिधत निकायमा पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोजनाको कृषितर्फको यस वर्षको रु १४ करोड ८६ लाखमध्ये रु सात करोड खर्च नहुँदा ‘फ्रिज’ हुने अवस्था सृजना भएको बताइएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ