मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा साह

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

धनुषाःमधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुरप्रसाद साह नियुक्त हुनुभएको छ । सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा साहलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम एक नम्बरमा सिफारिस गर्नुभएको थियो ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा साह प्रतिष्ठानका निमित्त उपकुलपति हुनुहुन्थ्यो । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो । रिक्त रहेको पदमा उपकुलपति नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो ।

उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए । मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा रमेशप्रसाद सिंह (सर्लाही), डा योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा पशुपति चौधरी (सुनसरी), डा राजेन्द्रप्रसाद साह (पर्सा), डा गौरीशङ्कर साह (सुनसरी), डा विद्यानाथ यादव (सप्तरी), डा रोहितप्रसाद यादव (रौतहट), डा अङ्कुरप्रसाद साह (धनुषा) र डा सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिनुभएको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
62%
मंगल
14 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ