निर्वाचन आयोगको चौथो रणनीतिक योजना मधेस प्रदेशमा छलफल सुरु

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

महोत्तरी । निर्वाचन आयोगले चौथो रणनीतिक योजना (२०८१-२०८६) तर्जुमाका लागि मधेस प्रदेशमा छलफल सुरुआत गरेको छ । प्रदेशका आठवटै जिल्लाका सरोकारवालाबिच आयोगले आज महोत्तरीको बर्दिवासमा अन्तरक्रिया आयोजना गरेको हो ।

कार्यक्रममा प्रदेश र जिल्लास्थित निर्वाचन कार्यालयका अधिकारी, राजनीतिक दल र सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक र सञ्चारकर्मीको सहभागिता छ ।

कार्यक्रममा आयोगको तेस्रो रणनीतिक योजना (२०७६-२०८१ असार) को समीक्षा गरिनुसँगै अबको रणनीतिबारे सहभागीले सुझाव दिएका छन् । कार्यक्रममा निर्वाचन प्रणालीमै परिमार्जनको आवश्यकता सहभागीले औँल्याएका छन् ।

यसैगरी निर्वाचन खर्चिलो हुँदै गएको, अनुगमन प्रभावकारी बनाइनुपर्ने, कामका लागि विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्थाका लागि कानुन तर्जुमा गर्न सुझाव दिएका आयोगका उपसचिव डा थानेश्वर भुसालले जानकारी दिनुभयो ।

अन्तरक्रियामा विद्युतीय मेसिनबाट मतदानको व्यवस्था गरिन सुझाव सहभागीले दिएका छन् । कार्यक्रममा आयोगका सचिव रविलाल पन्थी, सहसचिव, उपसचिव र अधिकृतको सहभागिता छ । छलफलमा प्राप्त सुझाव अबको रणनीतिक योजनामा गाभिने सचिव पन्थीको भनाइ छ ।

आयोगले मुलुकका सातवटै प्रदेशमा छलफल चलाइरहेको जनाएको छ । यसअघि लुम्बिनी र कर्णाली प्रदेशमा अन्तक्र्रिया सम्पन्न भएका छन् । अब मधेसपछि बाँकी तीन प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न गरिएपछि रणनीति तर्जुमा लिपिबद्ध गरिने सचिव पन्थीले बताउनुभयो ।

रणनीति तर्जुमा गरिनुअघि सरोकारवालाबिचको छलफलले आयोगका अहिलेसम्मका उपलब्धि र चुनौतीबारे जानकारी पाउनसँगै अबको रणनीतिका लागि सुझाव दिन पाउने अवसर मिलेको बारा जिल्लाबाट सहभागी हुनुभएका ज्योति साहको बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ