एनआरएनएको सहयोगमा पुस्तकालय स्थापना

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

डडेल्धुरा, अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ । पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको पहल र सक्रियतामा एनआरएनएका विनोद कुँवर, बिक्कु लामा (दुर्गम लाइब्रेरी अभियन्ता), हेल्प नेपाल नेटवर्क र बहादुर खडक स्मृति प्रतिष्ठानकोे सहयोग रहेको जनाइएको छ ।

अजयमेरु–४ को मणिलेक मावि चिपुर, भुपनेश्वरी आबि मड, चिपुर, वडा नं ५ को केदार शिशु सुधार मावि खोली मटेला, गोजलिङ्ग प्रावि तल्पखा, वडा नं ६ को देवल मावि देवल र गङ्गेश्वर आधारभूत विद्यालय भण्डारी गाउँमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ ।

पुस्तकालयमा विभिन्न कथा, कविता, चित्र, व्यङ्ग्यचित्रलगायतका पाँच हजारभन्दा बढी पुस्तक राखिएको भक्त बिबि फर ह्युमानिटीका संरक्षक भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यसअघि कञ्चनपुरको विणा माध्यमिक विद्यालय, डडेल्धुराको बाल कल्याण माध्यमिक विद्यालय र घनघस्या माध्यामिक विद्यालय र कैलालीको शुक्र मावि खानीडाँडामा पनि एनआरएनएले पुस्तकालय स्थापना गरिसकेको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ