गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

झापा ।  बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ ।

बिर्तामोड ६ स्यालडागी  स्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ ।

छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको  कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ ।

स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज बिहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ ।

प्रहरीका अनुसार  सो स्थानमा बिस्फोट भएको जस्तो नदेखिएको , अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
94%
1 km/h
शुक्र
21 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
मंगल
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ