फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो:सभापति शेरबहादुर देउवा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेकाले यही विविधता बिचको एकता नेपालीको विशिष्ट पहिचान फागु पर्व (होली) भएको बताउनु भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले (होली) को शुभकामना सन्देश दिनुहुँदै यस्तो बताउनु भएको हो । फागु पर्व (होली) हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो ।

नेपालको हिमाल, पहाड र तराईका जिल्लामा अत्यन्त हर्षोल्लासका साथ एक अर्कालाई रङ्ग लगाई खुसीयाली साटासाट गरी मनाउन शुभ–कामना दिनुभएको छ ।

अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ यो पर्व मनाउँदै आएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्व (होली) ले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भनी शुभकामना दिनुभएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
clear sky
25° _ 25°
27%
3 km/h
शनि
25 °C
आइत
26 °C
सोम
28 °C
मंगल
29 °C
बुध
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ