पुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषयः महासचिव पोखरेल

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

जनकपुरधाम, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउननसक्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।

आज पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीमाझ कुराकानी गर्दै महासचिव पोखरेलले पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताउनुभयो ।

“पुँजीगत खर्च बढाउन सकिएको छैन । कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ”, उहाँले भन्नुभयो । उहाँले सुशासनलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ । यस विषयमा एमालेको कुनै चासो छैन । हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ”, पोखरेलले भन्नुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ