नक्कली सुन देखाएर ठगी गर्ने पाँच जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलील शुक्रबार र शनिबार दुई दिन लगाएर नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको हो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका—५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टिम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर तामाङ र बाह्रबिसे नगरपालिका—८ का ४८ वर्षीय जितबहादुर तामाङलाई प्रहरीले शुक्रबार बोडेबाट पक्राउ परेका हुन्।

सोही गिरोहमा रहेका बाह्रबिसे नगरपालिका—५ घर भई मुलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङलाई पनि शनिबार बोडेबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो । उनीहरूले आफूसँग एक किलो सुन भएको बताउँदै त्यसमा लगानी गर्न भनेर मध्यपुरथिमी नगरपालिकास्थित कोरियन अस्पताल नजिकै बस्ने २४ वर्षीया विनिता थापा मगरसँग ७ लाख ७५ हजार रूपैयाँ ठगेका थिए।

उनीहरूले सुरूमा लगानी गरिसकेपछि बेचेर आएको पैसा बराबर भागबन्डा गर्ने भनेर विनितासँग पटकपटक गरी सात लाख बढी पैसा लिएपछि सम्पर्कविहीन भएका थिए। त्यसपछि विनिताले प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी पाठकले जानकारी दिनुभयो । प्रहरीले उनीहरूको साथबाट झन्डै ३ लाख रूपैयाँ बरामद गरेको छ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
68%
4 km/h
शनि
20 °C
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ