Ad imageAd image

एमाले महासचिव पोखरेल चढेको गाडी दुर्घटना, घटना गुपचुप[फोटो सहित]

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी शनिवार दुर्घटनामा परेपनि आजमात्रै घटना बाहिर आएको छ । महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटनामा परेको थियो ।

चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो। महासचिव पोखरेल सकुशल छन् । एमाले महासचिव पोखरेल पार्टी दैलेख जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटनका लागि जाँदै थिए ।

गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको छ ।

दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले दुर्घटना महासचिव पोखरेल सकुशल रहेको र गाडी शनिबार नै सडकबाट उठाएर ग्यारेजमा बनाउन लगिएको जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
83%
4 km/h
बुध
22 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
27 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ