काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी शनिवार दुर्घटनामा परेपनि आजमात्रै घटना बाहिर आएको छ । महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटनामा परेको थियो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/03-1-1024x768.jpg)
चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो। महासचिव पोखरेल सकुशल छन् । एमाले महासचिव पोखरेल पार्टी दैलेख जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटनका लागि जाँदै थिए ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/04-1024x768.jpg)
गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको छ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/01-2-1024x768.jpg)
दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले दुर्घटना महासचिव पोखरेल सकुशल रहेको र गाडी शनिबार नै सडकबाट उठाएर ग्यारेजमा बनाउन लगिएको जानकारी दिनुभयो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/05-1024x768.jpg)
Recent Visitors: 2
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1