लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी सडकमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

लुम्बिनी । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीको टोलीले बेलबास-बेथरी-मर्चवार-खैराघाट सडकअन्तर्गत गुरवनिया–मर्यादपुर सडक खण्ड निर्माण कार्यको निरीक्षण गरेको छ । निर्माण अलपत्र रहेको उक्त सडक खण्डको पूर्व मुख्यमन्त्री गिरीको टोलीले स्थलगत रूपमा मर्चवार पुगेर निरीक्षण गरेको हो ।

स्थलगत निरीक्षणपश्चात् गिरीले मर्चवार क्षेत्रको सडक विस्तारका लागि सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताउनुभयो ।

उहाँले मर्चवारको समृद्धिको मुख्य आधारका रूपमा रहेको चार लेन सडकको निर्माण कुनै बहनामा रोकिन नहुने बताउनुभयो । निरीक्षणमा नेता गिरीसँगै राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, पूर्वसांसद दधिराम न्यौपाने, सुनिता ठटेर, प्रदेशसभा सदस्य कन्हैया बानिया, पालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र नागरिक अगुवालगायत सहभागी थिए ।

रुपन्देहीको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको बेलबास-बेथरी-मर्चवार सडकअन्तर्गतका अधिकांश सडक निर्माण पूरा भए पनि मर्चवार क्षेत्रकै सडकखण्ड लामो समयदेखि अलपत्र थियो । हाल आएर सडक निर्माण कार्य अघि बढ्ने भएपछि छिट्टै सडक निर्माण हुने आशामा स्थानीय छन् ।

स्थानीय मुस्लिम खानले लामो समयदेखि काम अलपत्र पर्दा निराश भएको बेला निर्माणको काम अघि बढेपछि मर्चवारको मुहार फेरिने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका ओमप्रकाश यादवले मर्चवार सडकलाई अगाडि बढाउन पहल गर्ने नेतृत्वलाई धन्यवाद दिनुभयो ।

सेयर: 18
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बिहि
22 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ