Ad imageAd image

९४ जना किसानलाई भैँसी प्रदान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

खोटाङ, । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुधबाट आम्दानी गर्न ९४ जना किसानलाई भैँसी प्रदान गरेको छ । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यसहित भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको “भैँसी प्रवर्धन कार्यक्रम” अन्तर्गत दुई माउ भैँसीपालन गर्ने किसानलाई थप एक माउ भैँसी प्रदान गर्ने नीति रहेको बताइएको छ ।

भैँसी पालनमा किसानलाई व्यावसायिक बनाउन यो कार्यक्रम सञ्चालन गरिएको मेयर विमला राईले बताउनुभयो । ‘दुध उत्पादन गरेर विक्री गरुन् र आर्थिक रूपमा किसानको स्तरमाथि उक्सियोस् भनेर यो कार्यक्रम सञ्चालन गरेका हौँ ।

किसानलाई व्यावसायिक बनाउने हाम्रो नीति हो’ मेयर राईले भन्नुभयो, ‘दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ भैँसी दिँदा तीन माउ भएपछि किसान व्यावसायिक हुन्छन् ।’ त्रि–धार्मिकस्थल हलेसीमा आउने भक्तजनलाई लक्षित गरी “भैँसी प्रवर्धन कार्यक्रम” सञ्चालन गरिएको मेयर राईले बताउनुभयो ।

‘हलेसीमा देश विदेशबाट आउने भक्तजनले माछा मासु खाँदैनन्, दुध र दुधबाट बनेका परिकार आवश्यक देखिन्छ । जति दुध उत्पादन भए पनि हामीसँग बजारीकरणको समस्या छैन ।

- Advertisement -
Ad imageAd image

किसानलाई दुधबाट आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरेका छौँ ।’दुध र घिउ बजारीकरणका लागि नगरपालिकाले डेरीसमेत सञ्चालन गर्न लागेको छ । किसानले उत्पादन गरेको दुध विक्रीमा समस्या नहोस् भनेर डेरी सञ्चालन गर्न लागिएको मेयर राईको भनाइ छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
94%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
27 °C
आइत
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ