गीत र संगीतमा राजनीति घुम्न थाल्यो : गगन थापा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा गीत संगीत, कला सबै राजनीतिक गतिविधिको वरिपरि मात्र घुम्न थालेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हामी राजनीतिभन्दा पर जान नसकेको भन्दै रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्नुपर्ने बताए ।

उनले भने, ‘पछिल्लो समयमा गीत, संगीत, कला जे भनेपनि सबै यतिधेरै राजनीतिक गतिविधिको वरिपरि धुम्न थालेको छ । राजनीतिभन्दा पर जान सकिरहेको छैन् । सामाजिक सञ्जालमा पनि यसमै टिप्पणी भइरहेको हुन्छ । त्यसकारण रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्छु भनेर ठान्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्न सकिन्छ । किनकी अझै पनि रेडियोको ठूलो बजार छ ।’

यसका साथै उनले रेडियो चुनौतीपूर्ण भएपनि नयाँ कुराहरुको सुरुवात यहीबाट गर्न सकिने भन्दै नयाँ पुस्ताहरुलाई नयाँ जोशका साथ काम गर्न आग्रह गरेका छन् ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
55%
6 km/h
बिहि
18 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ