रुकुम पूर्व । रुकुम पूर्वको ९ औं जिल्ला अधिवेशनबाट लिलामणि गौतम सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ ।
गौतमको नेतृत्वमा ७८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।
साथै उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा र उपसचिवमा पशुपति खड्का तथा केशकुमारी तुलाचन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यसका साथै ७ सदस्यीय लेखा समितिको संयोजकमा चिन्तामणि दाहाल र सचिवमा शोभाकर शर्मा निर्वाचित हुनुभएको छ ।
शपथग्रहण कार्यक्रमपश्चात् आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष गौतमले रुकुमपूर्वमा एमालेलाई नयाँ गतिमा लैजान आफ्नो टिमले गतिशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘एमालेलाई जनताको अझै प्यारो पार्टी बनाएर आगामी निर्वाचनबाट जिल्लाको पहिलो दलका रुपमा स्थापित गर्न हामी हरप्रयासहरु गर्नेछौं , ‘विकास, सुशासन र समृद्धिको खाका लिएर जनतामाझ जाने र २०८४ सालको निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार बनाएर अघि बढ्ने कुरामा हाम्रो मध्याह्न हुनेछ ।’

