Ad imageAd image

कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा दाबी गर्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनगढी । सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुहुने भएको छ।

प्रदेश प्रमुख नाजिर मियाले दिएको १० दिने समयसीमा आइतबार साँझ ५ बजे सकिनै लाग्दा लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्ने हुनुभएको हो।

एकीकृत समाजवादीलाई दिने भनिएको मुख्यमन्त्री पद अन्तिममा उन्मुक्तिको रञ्जिता पक्षलाई दिने सहमति काठमाडौंमा शीर्ष नेताबिच भएपछि समाजवादी कांग्रेस निकट उभिने भएको हो ।

सो समीकरणमा कांग्रेसका १८, उन्मुक्तिका पाँच, समाजवादीका चार र स्वतन्त्र १ गरेर २८ जना प्रदेश सभा सदस्य रहने दाबी गरिएको छ।प्रदेश सरकार बनाउनका लागि २७ जना आवश्यक पर्छ।

- Advertisement -
Ad imageAd image

विश्वासको मत नपाउने भएपछि नेपाली कांग्रेसका दलका नेता कमलबहादुर शाहले चैत २२ गते पदबाट राजीनामा दिनुभएको थियो।

मुख्यमन्त्री शाहले राजीनामापछि प्रदेश प्रमुखले १० दिन समय दिएर चैत २३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आह्वान गर्नुभएको थियो।

हालका मुख्यमन्त्री शाह निकट कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले केही समयपछि प्रदेश प्रमुखकोमा गएर उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गर्ने बताउनुभयो।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
83%
3 km/h
बिहि
26 °C
शुक्र
23 °C
शनि
29 °C
आइत
29 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ