बिदेश भ्रमणमा जाँदै हुनुहुन्छ ? एभरेष्ट बैंकको डलर र ट्राभल कार्डले झुक्याउला !

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । के तपाइँ विदेशमा भ्रमणमा जाँदै हुनुहुन्छ ? विदेश जानकालागि कतै तपाइँले पनि एभरेष्ट बैंकको डलर कार्ड र ट्राभल कार्ड त बनाउनु भएको छैन ? यदि त्यसो हो भने एभरेष्ट बैंकले तपाइँलाई झुक्याउन सक्छ ।


त्यसैले एभरेष्ट बैंकले सेवाग्राहीमाथि गर्ने लापरबाहीबाट जोगिनका लागि तपाइँ हामी जोसुकै सचेत हुन जरुरी छ । काठमाडौंकी एकजना सेवाग्राहीले एक महिनाअघि बेलायत भ्रमण जाँदा एभरेष्ट बैंकको लापरवाहीका कारण आफुले निकै दुःख पाएको नेपाल न्युज बैंकसँग बताएकी छन् ।
उनले बेलायत जानका लागि गत असार २० गते एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटबाट डलर कार्ड र ट्राभल कार्ड बनाएकी थिइन् । सोही अनुरुप बैंकले उनलाई यी दुवै कार्ड उपलब्ध गराएको थियो । अन्तर्राष्ट्रिय अभ्यास अनुसार डलर कार्ड र ट्राभल कार्डको रंङ फरक हुनुपर्ने प्रावधान छ, वा कार्डमा नै कुन डलर कार्ड र कुन ट्राभल कार्ड स्पष्टसँग लेख्नुपर्ने हुन्छ ।


तर, एभरेष्ट बैंकले यी दुबै कार्डको रङ एउटै राखेको छ । न त बैंकले कार्डमा डलर कार्ड र ट्राभल कार्ड भनेर लेखेको छ । एउटै रङ भएकाले झट्ट हेर्दा यी दुबै कार्ड उस्तै लाग्छन् । डलर कार्ड र ट्राभल कार्डमा सेवाग्राही झुक्किन सक्ने भन्दै बैंककै कर्मचारीले ती सेवाग्राहीलाई छुटा्छुट्टै कभरमा बाहिर डलर कार्ड र ट्राभल कार्ड भनेर लेखेर दिएका थिए ।


बैंकको नियम अनुसार विदेश भ्रमणमा जाने नागरिकले डलर कार्डमा ५०० अमेरिकी डलर र ट्राभल कार्डमा २५०० डलरसम्म राख्न पाउँछन् । सेवाग्राहीले गत असार २४ मा बेलायत जाँदा डलर कार्ड घरमै छोडिन र ट्राभल कार्ड मात्रै बोकेर गइन् । तर, उता गएपछि उनको कार्डले काम गरेन् ।


‘म युके गइसकेपछि मेरो ट्राभल कार्ड चलेन र मैले बैंकलाई इमेलमार्फत मेरो कार्ड चलेन, मैले यहाँ ट्रान्जेक्सन गर्न सकिन भनेर खबर गरेकी थिएँ । तर बैंकले मलाई गरेको इमेल अनुसार मेरो ट्राभल कार्डको नम्बर डलर कार्डसँग र डलर कार्डको नम्बर ट्राभल कार्डसँग मिलेको मैले जानकारी पाएँ,‘ उनले भनीन् । ‘यस हिसाबले मेरो ट्राभल कार्ड घरमै छुटेछ । बैंकको लापरवाहीका कारण मैले विदेशमा सास्ती खेप्नुप¥यो । यदि त्यो ठाउँमा मेरो कोही आफन्त थिएनन भने मैले के गर्थेहोला ? यस्तो लापरबाहीले कति मान्छे मर्कामा परेका होलान ।’


यस विषयमा बुझ्न न्युज बैंकले एभरेष्ट बैंकमा पट्क पट्क सम्पर्कगर्दा बैंकका कर्मचारीले कुनै स्पष्ट जवाफ दिन चाहेनन् । न्युज बैंकले बुधबार लाजिम्पाटस्थित बैंकको प्रधानकार्यालयमा सम्पर्कगर्दा बैंकका कर्मचारीले यस विषयमा आफुलाई जानकारी नहुने बताए ।
डलर कार्ड र ट्राभल कार्डको बारेमा बुझ्न बानेश्वर शाखामा सम्पर्क गर्न भनेपनि बानेश्वर शाखाका कर्मचारीले यस विषयमा कुरा गर्न चाहेनन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ