Ad imageAd image

उद्धारको नाममा लुटधन्दा? एनआरएनए कम्बोडिया र बैंककस्थित नेपाली दूतावासमाथि गम्भीर प्रश्न

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड । कम्बोडियाका अवैध स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका र अलपत्र परेका नेपाली युवाहरूको उद्धार प्रक्रियामा बैंककस्थित नेपाली दूतावास र गैर-आवासीय नेपाली संघ (NRNA) कम्बोडियाका उपाध्यक्ष रामजी कुमार क्षेत्रीको मिलेमतोमा एक संगठित लुटधन्दा चलिरहेको सनसनीपूर्ण तथ्य बाहिर आएको छ। सरकारी निकायले आधिकारिक ‘सम्पर्क व्यक्ति’ तोकेकै व्यक्तिबाट उद्धारको नाममा प्रतिव्यक्ति लाखौं रुपैयाँ हुण्डीमार्फत असुल्ने र आफ्नै होटलमा बन्धक जस्तै बनाएर महँगो शुल्क तिर्न बाध्य पार्ने गरिएको प्रमाणहरू फेला परेका छन्। विशेष गरी नोम पेन्ह (Phnom Penh) बाहिर रहेका नेपालीहरूलाई १-२ दिनमै स्वदेश फर्काइदिने प्रलोभन देखाएर राजधानी बोलाउने र त्यहाँ पुगेपछि रामजी कुमार क्षेत्रीले आफ्नै होटल तथा रेष्टुरेन्टमा राखेर प्रतिदिन २२ डलर सम्मको महँगो शुल्क असुल्ने गरेको पीडितहरूको गुनासो छ। थोरै समयमा काम सकिने आश्वासन दिएर बोलाइएका युवाहरूलाई विभिन्न बहानामा १० देखि १२ दिनसम्म सोही होटलमा बस्न बाध्य पारिन्छ, जसले गर्दा नि:शुल्क हुनुपर्ने उद्धार प्रक्रिया पीडितका लागि आर्थिक भार र मानसिक तनावको अर्को कारण बनेको छ।

यस ठगी धन्दामा आर्थिक लेनदेनका लागि अवैध हुण्डी मार्ग र व्यक्तिगत बैंक खाताको समेत प्रयोग भएको पाइएको छ। उपाध्यक्ष क्षेत्रीले मुक्तिनाथ विकास बैंकको आफ्नो व्यक्तिगत खाता (नं. ०२२२१६००५६६०९७०००००१) को क्युआर कोड पठाएर नेपालमै रकम जम्मा गर्न लगाउने र सो रकमलाई अवैध हुण्डीमार्फत कम्बोडिया परिचालन गर्ने गरेका छन्, जुन सरासर सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुर अन्तर्गतको गम्भीर अपराध हो। प्राप्त प्रमाणहरूका अनुसार उद्धारको ‘डिल’ ९० हजारदेखि १ लाख रुपैयाँसम्म हुने गरेको च्याट स्क्रिनसटहरूले पुष्टि गरेका छन्। सबैभन्दा गम्भीर कुरा त, पीडितहरू कम्बोडियाबाट डिपोट (Deport) भई सुरक्षित स्थानमा पुग्नेबित्तिकै क्षेत्रीले प्रमाण मेटाउन वाट्सएप (WhatsApp) का सम्पूर्ण कुराकानी र लेनदेनका विवरणहरू ‘डिलिट’ (Delete for Everyone) गर्ने गरेका छन्।

डिजिटल प्रमाण नष्ट गरेर कानुनी कारबाहीबाट बच्ने यो सुनियोजित जालसाजीले यो एक संगठित अपराध भएको प्रष्ट पार्छ। बैंककस्थित नेपाली दूतावासले यस्ता विवादास्पद व्यक्तिलाई आधिकारिक जिम्मेवारी सुम्पिएर मौन बस्नुले दूतावासका कर्मचारीहरूको भूमिकामाथि समेत ठूलो प्रश्नचिह्न खडा गरेको छ। दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा रामजी कुमार क्षेत्रीलाई नै सम्पर्क व्यक्तिका रूपमा तोकिनुले यो लुटतन्त्रमा सरकारी कर्मचारीको पनि ‘सेटिङ’ रहेको आशंकालाई बल दिएको छ। सामाजिक सेवाको मुकुण्डो लगाएर असहाय नेपालीमाथि लुट मच्चाउने यस्ता भ्रष्ट प्रतिनिधि र तिनलाई संरक्षण दिने सरकारी निकायमाथि तत्काल छानबिन हुनु आवश्यक छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले यो हुण्डी, ठगी र पदको दुरुपयोगको सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्नुपर्ने देखिन्छ। थाइल्याण्ड नेपाल डट कमसँग सुरक्षित रहेका बैंक भौचर, च्याट रेकर्ड, क्युआर कोड र पीडितका बयानहरूले यो लुटतन्त्रको जालोलाई पूर्ण रूपमा पुष्टि गर्दछन्।

सेयर: 500
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
8
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
haze
25° _ 25°
57%
2 km/h
बिहि
25 °C
शुक्र
33 °C
शनि
33 °C
आइत
31 °C
सोम
28 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ