सुन र चाँदीको मूल्य बढ्यो

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार चार सय थियो ।

चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
100%
2 km/h
शनि
13 °C
आइत
20 °C
सोम
21 °C
मंगल
23 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ