सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो : ज्ञानेन्द्र शाही

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानो कागजको खोस्टा जस्तो भएको बताएका छन् ।

शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले युवाहरुको समस्या समाधान गर्ने भन्दा पनि सुगा रटाई र कागजको खोस्टा जस्तो भएको बताएका हुन् ।

उनले भने,‘अहिले सबैभन्दा ठुलो समस्या युवाहरुको हो, आन्तरिक सुरक्षाको कुरा, रोजगारीको कुरा आउनुपथ्र्यो त्यो केही पनि आएन । यो पुरोनो ढड्णामा भएको कागजको खोस्टा जस्तो छ । सुगा रटाई जस्तो छ ।’

साथै उनले लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनको लागि सरकारले यो वर्ष नयाँ नीति ल्याएको बताए । 

‘सरकारले यो वर्ष नयाँ कुरा व्यवस्था र लुटतन्त्रको विरुद्धमा बोल्ने मान्छेलाई तह लगाउने कुरा नीति तथा कार्यक्रममा नेपालको इतिहासमा आएको थिएन त्यो पहिलो पटक आएको छ । यो अगुल्टोले हानेको विरालो विजूलीदेखि तर्सिन्छ भनेझै सरकार तर्सियो । लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनको लागि यो नीति तथा कार्यक्रममा ल्याएको छ,’उनले भने ।

सांसद शाहीले भ्रष्टाचारीको संरक्षकको लागि मात्र नीति कार्यक्रम आएको बताए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ