एमाले बाँकेको अध्यक्षमा गुरुङ

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

नेपालगञ्ज, : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी हुनुभएको छ । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाउनुभयो ।

शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी हुनुभयो । उहाँले तीन सय १३ मत प्राप्त गर्नुभयो । उहाँ लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत हुनुहुन्छ ।

सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी हुनुभयो भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिनुभयो । कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
haze
21° _ 21°
56%
1 km/h
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ