आनन्दी देवी सदायको शव बुझ्न परिवारलाई प्रहरीको दबाब

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सिरहा । यौन दुव्र्यवहार घटनापछि न्याय नपाउँदा मृत भेटिएकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदायको शव बुझ्न परिवारलाई प्रहरीले दबाब दिएको छ ।

आनन्दी मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीले परीक्षणका लागि शव लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । तर, पीडित परिवारले शव बुझेका छैनन् ।

घटनाका दोषी तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आलटाल गर्ने प्रहरीमाथि छानबिन र कारबाही हुनुपर्ने माग पीडित परिवार तथा दलितका अगुवाहरूको छ ।

शव बुझ्न नमानेपछि सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मा, इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रहरी निरीक्षक रविनराज मैनालीलगायतका प्रहरी अधिकारी बुधबार बिहान पीडितको घरमै पुगेका थिए ।

उनीहरूले आफूलाई प्रहरीकै गाडीमा हिँड्न र अस्पताल गएर शव बुझ्न दबाब दिएको आनन्दीकी आमा बिल्टौन सदायले बताइन् । ’उहाँहरूले सँगै गाडीमा हिँड्न र शव बुझ्न भन्नुभयो,’ उनले भनिन्, ’तर, यसमा संलग्नलाई कारबाहीको ठोस प्रतिवद्धता आउनुपर्छ ।’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बिहि
12 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ