गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी÷ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

उनले नक्कली पिए भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए ।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।

नक्कली पिएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए÷सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ