Ad imageAd image

काठमाडौंमा डिजिटल अधिकार महोत्सव

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । डिजिटल अधिकारको सुरक्षा तथा प्रवर्द्धनका रणनीतिहरू विकास गर्ने उद्देश्यकासाथ आयोजना गरिएको डिजिटल अधिकार महोत्सव, २०२४ काठमाडौंमा सम्पन्न भएको छ ।

डिसेम्बर १ देखि ३ सम्म काठमाडौंमा सम्पन्न महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्तवपूर्ण मुद्दाहरूलाई छलफल र सम्बोधन गर्नका लागि विज्ञहरू, अभियन्ताहरू र सरोकारवालाहरू सहभागी थिए ।

कार्यक्रममा डिजिटल अधिकार सम्मेलन २०२४, डिजिटल अधिकार फिल्म महोत्सव २०२४, अपांगता भएका व्यक्तिहरूका लागि इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक तालिम तथा इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक राष्ट्रिय स्कूल, २०२४ समावेश गरिएको थिए ।

महोत्सवमा सहभागी वक्ताहरू तथा अन्य सहभागीहरूले डिजिटल समावेशीकरणको पक्षमा वकालत गर्ने र डिजिटल क्षेत्रलाई सबैका लागि खुला, सुरक्षित, र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्तवपूर्ण मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल तथा अन्तरक्रिया भएको थियो ।

- Advertisement -
Ad imageAd image

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा गौरवराज उपाध्याय, डा.मुहम्मद शब्बिर र डा. राधा पौडेलले मन्तव्य राखेका थिए भने समापन समारोहमा सर्वोच्च अदालतका न्यायाधीश माननीय हरिप्रसाद फुयाँल प्रमुख आतिथि थिए ।

सम्मेलनमा ग्लोबल डिजिटल सम्झौताः नेपालका लागि अवसर र चुनौती, भ्रामक सूचना र कृत्रिम बौद्धिकताको युगमा अभिव्यक्ति स्वतन्त्रता, सोसल मिडिया विधेयक २०८१ र यसको प्रभाव, सूचना प्रविधि र साइबर सुरक्षा विधेयक २०८१, कृत्रिम बौद्धिकताको प्रयोगद्वारा न्यायमा पहुँच र मानव अधिकारको संरक्षण, डिजिटल सार्वजनिक पूर्वाधार र डिजिटल अधिकार, कृत्रिम बौद्धिकताको सुशासनः महिला, बालबालिका, र अपाङ्गताको संरक्षण, नेतृत्व तालिमः अपाङ्ग व्यक्तिका लागि इन्टरनेट सुशासन र डिजिटल अधिकार लगायतका विषयमा छलफल गरिएको थियो ।

यस्तै सो अवसरमा इन्टरनेट सुशासनको परिचय र नेपालको डिजिटल पारिस्थितिकी पहुँचयोग्य डिजाइनका सिद्धान्तहरू, इन्टरनेट सुशासन नीति निर्माण,द साइबर सुरक्षा र पहुँच चुनौतिहरू,राष्ट्रिय र अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार महासन्धि, डिजिटल अधिकार र प्रविधिसँग सम्बन्धित दुई वृत्तचित्र समेत (फिल्म) समेत प्रदर्शन गरिएको थियो ।

नेपालमा डिजिटल स्वतन्त्रताको प्रवर्द्धन र संरक्षणका लागि २०२२ मा स्थापना गरिएको डिजिटल फ्रीडम कोलिसनको आयोजना तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, फ्रीडम फोरम, डिजिटल मिडिया फाउन्डेशन, मिडिया एक्सन नेपाल, फोरम फर डिजिटल इक्वालिटी, एन्टेना फाउन्डेशन नेपाल, महिलाको अपाङ्गता अधिकार समूह, मिडिया लयर्स एसोसिएसन मुख्य साझेदारका रुपमा तथा नेट फर गुड एलायन्स, मानव अधिकार फिल्म सेन्टर, एआइ फर जस्टिस, रोबोटिक एसोसिएसन अफ नेपाल, एनपीसर्ट, साइबर सुरक्षा तथा अनुसन्धानइन इन्स्टिच्युट  एसोसिएट साझेदारका रुपमा रहको थिए । यस्तै  युनेस्को नेपाल कार्यालय, कमिसन फोर इन्टरनेशनल कमिसन फोर, राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमले कार्यक्रममा सहयोग गरेका थिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
73%
सोम
29 °C
मंगल
31 °C
बुध
28 °C
बिहि
25 °C
शुक्र
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ