Ad imageAd image

नेपालको पहिलो सीपीआर गीत सार्वजनिक

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । हाप्सा नेपालले पहिलो नेपाली सिपिआर गीतको सार्वजनिक गरेको छ ।


‘नेपालमा समुदायस्तरको सीपीआरको सिकाइ, रणनीति, र भविष्य’ शीर्षकमा कार्यक्रम आयोजना गरी हाप्साले सामुदायिक सीपीआर कार्यक्रम विस्तार गर्न गीत सार्वजनिक गरेको हो ।


देशका प्रमुख सरोकारवालाहरू र नेतृत्वकर्ताहरूलाई एकै स्थानमा ल्याई रोचक कार्यशाला सञ्चालन र नेपालको पहिलो सीपीआर गीतको सार्वजनिक समेत गरिएको हो ।


कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको भिडियो सन्देशबाट गरिएको थियो ।
मन्त्री पौडेलले सामुदायिक सीपीआरको महत्त्वलाई जोड दिँदै यस पहलको प्रशंसा गरे र देशभरी यस्तो कार्यक्रम विस्तार गर्न सरकारको प्रतिबद्धता र सहयोग सुनिश्चित गर्ने आश्वासन दिए ।

- Advertisement -
Ad imageAd image


यस्तै, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा.विष्णु सापकोटाले पनि भिडियो सन्देशमार्फत यस्तो जीवनरक्षक पहललाई आफ्नो फाउन्डेसनको समर्थन रहेको बताए ।


हाप्सा नेपालका संस्थापक तथा प्रमुख रणनीतिकार र ब्राउन विश्वविद्यालयका सहायक प्राध्यापक डा. रामु खरेलले स्वागत मन्तव्य राखेका थिए ।


उनले समुदायलाई जीवन रक्षाका लागि सशक्त बनाउन सीपीआर तालिमको महत्त्व र सबै सरोकारवालाको सामूहिक जिम्मेवारीलाई जोड दिए ।


हाप्सा नेपालका अध्यक्ष पंकज भट्टाराईले हाप्साको इतिहास र योगदानबारे जानकारी गराए । हाप्साका मेडिकल निर्देशक तथा रणनीतिकार डा.कमल थापाले कार्यक्रमका क्रममा दुई जना हृदयघातबाट बाँच्न सफल व्यक्तिहरूलाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीहरूलाई आठ समूहमा विभाजन गरी कानुनी चुनौती, आर्थिक स्रोत अभाव, र सीपीआर तालिमको रणनीतिक विस्तारजस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरिएको थियो ।


अमेरिकामा आधारित गायक डा.साउद ढिलोनले संगीत दिएको यो गीतका नेपाली शब्द र स्वर हाप्सा नेपालका डा.रामु खरेलको रहेको छ ।


कार्यक्रममा स्वास्थ्य मन्त्रालयका वरिष्ठ प्रशासक डा. समीर कुमार अधिकारी, नेपाल प्रहरीका एसपी हेरम्ब शर्मा र नेपालकी महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक कार्यक्रमकी संस्थापक डा.रिता थापाले आफ्नो धारणा राखे ।
कार्यक्रम जीवन बचाउन म सामुदायिक सिपिआर कार्यक्रम विस्तार गर्न हातेमालो गर्ने प्रतिबद्धता गर्दछु’ भन्ने घोषणापत्रमा हस्ताक्षरसँगै सम्पन्न भएको हो ।


कार्यक्रममा नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निक साइमन इन्स्टिच्युट , नेपाल रेडक्रस, विश्व स्वास्थ्य संगठन, गुड नेबर्स नेपाल, नेपाल डेभलपमेन्ट सोसाइटी, पोसिबल हेल्थ, नेपाल हेल्थ कोर्प्स, ब्कप फाउन्डेसन, न्याया हेल्थ नेपाल, भास्कर तेजश्री मेमोरियल फाउन्डेसन, निरी, सेन्ट जोन एसोसिएसन, साथै विभिन्न शैक्षिक संस्था, विश्वविद्यालय र अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
100%
2 km/h
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
22 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ