काभा भलिबलमा सहभागी खेलाडीलाई सम्मान

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरेर काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो ।

माल्दिभ्समा सम्पन्न काभा यु–२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम ब्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको हो ।

यस्तै भुटानमा सम्पन्न काभाबीच भलिबलमा रजत पदक जितेको पुरुष टिमका दुई खेलाडी मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई नगद ३० हजार तथा सोही प्रतियोगितामा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपेष विष्टलाई ४० हजार नगदसहित सम्मान गरेको हो ।

यस्तै, काठमाडौं सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजारसहित सम्मान गरिएको छ । उक्त प्रतियोगिताका प्रशिक्षक, टिम व्यवस्थापक र फिजियोलाई ८२ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

काठमाडौंमा सम्पन्न काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै च्याम्पियन बन्न असफल भएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
25%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ