मुलुक पछाडि फर्किन सक्दैन्, वंशको शासन ल्याउन असम्भव : अध्यक्ष नेपाल

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् भन्दै व्यङ्ग्य गरेका छन् ।


शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताको समस्यामा भन्दा पनि गीत गाउनमा मतलब भएको बताए ।


उनले भने, ‘सरकारलाई त गीत गाउनमात्रै मतलब छ । उसलाई त खाली म त ढलें, ढलें…अहिले हामीले ढालेकै छैनौं अनि किन ढलें ढलें भनेको त ? मति सप्रियोस्, बुद्धि फेरियोस् । प्रचण्डजीलाई पनि षड्यन्त्र गरेछन् स्वर्ग पनि, नर्क पनि सँगै जाने भनेर प्रचण्डजी त सोझो मान्छे, दंग पर्नुभएछ । अनि राती स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् । त्यस्तो षड्यन्त्रकारीलाई हामीले चिन्न नसक्नु कमजोरी हो । मलाई पनि फकाउन आएका थिए, प्रचण्डजीको अनुहार देखेपछि विश्वास लाग्यो । मिल्नुपर्छ भन्दा त केही भ्रममा प¥यौं ।’


त्यस्तै उनले आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै भएको भन्दै मुलुक पछाडि फर्किन नसक्ने भन्दै प्रतिगामी शक्तिहरुलाई चेतावनी दिए ।


उनले भने,‘यो आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै हो । प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । मुलुक राणातिर फर्कन सक्दैन् । अहिले संसारमा जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने तयार छैनन् । इतिहास फेरी पछाडि जान सक्दैन, जान दिदैनौ । चुनौती दिन चाान्छौं देशमा वंशको शासन ल्याउन खोज्ने दुष्चेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्यचुकाउनु पर्नेछ ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
33%
5 km/h
मंगल
21 °C
बुध
31 °C
बिहि
31 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ