म्यान्मामा नेपाली राजदूतावासद्वारा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

यांगुन, म्यान्मार – नेपालका लागि नेपाली राजदूतावास, म्यान्मारले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विशेष समारोहको आयोजना गर्यो। राजदूतावास प्राङ्गणमा आयोजित कार्यक्रममा महामहिम राजदूत हरिश्चन्द्र घिमिरेले नेपालको राष्ट्रिय झण्डा फहराउँदै दिवसको औपचारिक उद्घाटन गरे।

कार्यक्रम नेपालको राष्ट्रिय गानका साथ सुरु भयो भने नेपाली जनताको लोकतान्त्रिक संघर्षमा वीरगति प्राप्त गरेका सम्पूर्ण शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो। महामहिम राजदूत घिमिरेले आफ्नो सम्बोधनमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष, जनताको बलिदान, र लोकतान्त्रिक मूल्य–मान्यताका उपलब्धिहरूको चर्चा गर्दै स्थायित्व, समृद्धि, र सामाजिक न्यायको महत्त्वलाई विशेष रूपमा औंल्याए।

उनले नेपाल सरकारले अगाडि सारेका लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउन सबै नागरिकको भूमिका अपरिहार्य रहेको बताए। साथै, उनले नागरिक अधिकार, समावेशी समाज निर्माण, र सुशासन प्रवर्द्धन गर्न एकताबद्ध भएर अघि बढ्न नेपाली समुदायलाई आह्वान गरे।

समारोहमा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा राजदूतावासका अधिकारीहरू, नेपाली नागरिक तथा समाजका अगुवाहरूले प्रजातन्त्र दिवसको ऐतिहासिक महत्वबारे आफ्ना धारणा राखे।

यस विशेष अवसरलाई थप उज्यालो बनाउन, नेपाली राजदूतावासले आफ्नो चान्सरी तथा निवास परिसरमा तीन दिनसम्म दीपावली आयोजना गर्ने जनाएको छ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ