काखदिएर जीवनदिइएकीआमा ः दिक्षाचापागाईंसडकको छेउबाट सुरु भएको दिक्षाचापागाईंको मातृत्व

थाइल्याण्ड नेपाल डट्कम
5 मिनेटमा पढ्न सकिने
5 मिनेटमा पढ्न सकिने

काठमाडौं । २००२ सालथियो ।दिक्षाचापागाईं ताप्लेजुङबाटकाठमाडौंआइपुगिन्, हातमाकेवलएउटा सपनालिएर—कम्प्युटर सिक्ने ।भक्तपुर डेरा, पुतलीसडकको संस्थामासिकाइ। शहर नयाँथियो, तर दृश्यहरू पुरानालाग्थे—पुरानाजतिदुःखद।
काठमाडौंको भीडभाड, धुवाँधुलो र सडकपेटीको हल्लाहरुकाबीचएकजना स्त्रीथिइन् दिक्षा। जो फोहोरको थुप्रोमा हराएकाअनुहारहरूमाथिआमाको न्यानो दृष्टिफाल्थिन् ।त्यो २००२ सालतिरको कुरा थियो ।दिक्षाचापागाईं ताप्लेजुङबाट राजधानीआएकीथिइन् ।कम्प्युटर सिक्ने सपनाबोकेर। तर सपनाको गन्तव्यले उनलाई अर्कै मोडमा पु¥यायो ।जहाँआफ्ना सपनाभन्दाठूलाअरूकाघाउहरू देखिए।
नेपालन्यूजबैंकसँगको कुराकानीकाक्रममाउनकाआँखाघरि खुशीले रसाउथे र घरि पीडाले छछल्किन्थे ।‘मेरो हृदय नै मेरो प्रेरणाको स्रोत हो,’आँखामा पुरानादिनको ओभानो सम्झनाको थोपालुकाउँदैउनले सुनाइन् ।
पुतलीसडकको गल्लीभित्रगन्तव्यतिर हिडिरहँदा, उनले देखिन्,‘बालबालिका, वृद्धवृद्धा, मानसिक रोगी, लाचार मान्छेहरू फोहोरको थुप्रोमाथलिएका।बाँचिरहेका तर जिउँदो छैनजस्तो देखिने ती शरीरहरू। शरीरमादिशापिसाबलिप्पिएका, कपडाको नाममाच्यातिएकाझुत्राकपडा, आँखामाभोकको आँसु ।’
त्यसदिनदेखि दिक्षाको जीवनले अर्कैमोड लियो ।उनले भनिन्, ‘ती सबै म जस्तै लाग्थे–मेरो आमा, बाबा, भाइबहिनी, छोराछोरी जस्तै ।’
सुरुमाकम्प्युटर सिक्थिन्, साँझपखझोलामा डेराबाटलिएको बाँकीखानाबोकेर ती सडकमाथलिएकामानिसहरूलाई खुवाउने गर्थिन्दिक्षा । जब उनले १५ सय रुपैयाँको तलबको जागिर पाइन्, त्यहीतलबबाट६ सयतिरेर लाजिम्पाटमा कोठाभाडामालिएर आफैँएउटा सानो आश्रय स्थापनागरिन् ।अनि सुरु भयो जीवनभरको ‘आमाबन्ने’यात्रा ।अनिविर्सिइन सयौं अनाथ र असाहयहरुको आमाबन्दाबन्दै वैवाहिकजीवनको सुखसयल ।
तर बाटो सजिलो थिएन। घरबेटीले कोठाबाटनिकालिदिने, समाजले औँला ठड्याउने, सहयोगीको मुखमापनिघोच्ने शब्दहरु ।यी सबै सहेर पनिउनीकहिल्यै रोकिइनन् ।एकपछिअर्कोगर्दैउनले सडकबाट, ओडारबाट, अस्पतालको चौरबाट, जंगलकाकुनाबाटबच्चाहरू उठाइन् ।कोहीजन्मिएको भोलिपल्टफालिएका, कोही हराइएका, कोही त निदाएर आँखाखोल्ननसक्ने ।कोहीबाबुको पहिचानविनामाबेबारिसे शिशुहरु उनकाप्रिय बने ।
२३ वर्ष भयो, अहिले उनको साथमा ६८ जनाछन् ।सबैजनाउनका ‘छोरा–छोरी’। कोही स्कुलमाछन्, कोहीकलेजमा, दुईजना त अहिले रसियामाउच्चशिक्षाकालागिछन् । यो कुनै संस्थाहोइन, कुनै अनाथालयहोइन, ‘यो हाम्रो सानो स्वर्ग हो,’दिक्षाभन्छिन् ।
यसो भन्न सजिलो हो, तर जुनआँसु उनले पगालेर आशाको घर बनाइन्, त्यो हजारौंघाउ र रातभरको पीडासँगको संघर्षबाट सम्भवभएको हो । र खडागरिन ‘पवित्र समाजसेवा–पीएसएस नेपाल’नामकसंस्था ।अनि सुरु गरिन विधिवत र वैधानिक समाजसेवाको अविरामयात्रा ।
उनकाअनुसार अहिलेसम्महजारौंलाई सेवादिइसकेकीछिन्दिक्षाले ।आश्रममाआउने प्रत्येकअनुहारको आफ्नै पीडा छ –कोहीफालिएका, कोहीछाडिएका, उनी नै हुन् अशायहरुकीआमा, बाबा, गुरु र अभिभावक।‘नजन्माएपनिजन्माएजत्तिकै मायादिएर काखदिएको छु,’उनीभन्छिन् ।
आफ्ना सन्तानजन्माएर भाग्ने, छाडेर जाने, हराउने… यस्ता कैयौं घटनाहरूले दिक्षाचापागाईंको मनलाई झस्क्याउँछ तर कमजोर बनाउँदैन। विगत २३ वर्षदेखि उनले त्यस्ताथुप्रै निर्दोष अनुहारहरूलाई अँगालोमाबाँधिन्–जसको कोहीथिएन, तर आजउनीहरूकालागि‘सबैथोक’ को रूपमादिक्षाउभिएकीछिन् ।
दिक्षाले कुनै बच्चाजन्माएकी छैनन् । तर उनले दिएको माया, स्नेह र काखत्योभन्दाहजारगुनाले गहिरो छ।उनीभन्छिन्, ‘उनीहरूकालागिआमापनि म हुँ, बाबापनि म नै ।नजन्माएपनिजन्माएजस्तो मायादिएर हुर्काएकी छु ।’
प्रेम, समर्पण र निःस्वार्थ सेवाले भरिएको यो संसार, जुनउनले आफ्नै पौरखले सिर्जना गरेकीछिन् ।‘यहाँकोहीपनिअनुहार आँशुमालिप्तहुँदैन, दिक्षादृढ आवाजमाभन्छिन्, ‘यहाँकोहीपनि डराएर निदाउँदैन ।’
आजतीबच्चाहरू दिक्षालाई कोही‘ममी’ र कोही ‘मामु’भन्छन् ।उनीसँगभोकलाग्दाभन्छन्, ‘ममीभोकलाग्यो ।’ जब दिक्षा बिरामीपर्छिन्, बालबालिकाले चिन्तित स्वरमा सोध्छन्, ‘ममी के भयो ?’
यसैगरी मातातिर्थ औंशीको दिन सबैजनादिक्षालाई टिकालगाउने गरेको उनले बताइन् ।उनले भनिन्, ‘मातातिर्थ औसीको दिनउनीहरु मलाई टिकालगाउँदै कहिले रोगनलागोस्, सधै खुसीहुनु, कहिलै नरुनु, हजुरले गर्व गर्न लायकहामीबन्छौँकहिल्यैदुःखदिदैनौँभन्छन् ।’
दिक्षाकादुई छोरीहरू अहिले पढ्न परदेशगइसकेका छन् ।नियमितफोनगर्छन्, ममीलाई सम्झन्छन् ।उनीभन्छिन्, ‘बाहिर पठाउनपाउँदागर्व लाग्यो, आफैंहुर्काएको फलदेख्दा मन गदगद् हुन्छ ।’
समाजबाट सहयोग आउने गर्छ, तर घोच्ने तीरहरू पनिपर्छन्,कहिलेकाहीं दाताहरूको नजरबाटनिस्किएको शब्दले पोल्छ। तर दिक्षाथाक्दिनन्, चुक्दिनन् ।भन्छिन्, ‘जतिअप्ठ्यारोआयो, मन दुख्यो, आशु आयो—तर यो कामले जुन सन्तुष्टिदिएको छ, त्यो मेरो आत्माले मात्रजान्दछ ।’
आज जब कसैले भन्छ, ‘तिमी सचेत बन, बालबालिकाठूलाहुँदैछन्, कतै बाहिरजस्तो घटनानघटोस्,’दिक्षा डराउँदिनन्, सजगहुन्छिन् ।‘हामी हरेकहप्तामिटिङ गर्छौं, उनीभन्छिन्, ‘सबैजना कुरा राख्छन् ।गुनासो भए सुनिन्छ, समाधानखोजिन्छ ।’
यो कुनै धर्मशालाहोइन, न कुनै औपचारिक संस्था ।यो हृदयले चलेको घर हो ।जहाँ एक नारीले आफूभन्दाअरूकालागिबाँच्ने बाटो रोजेकीछिन्।उनीभन्छिन्, ‘यो मेरो जीवनहो, यतै सन्तोष छ।विवाहनगरेर केहीगुमेको छैन ।’
दिक्षाचापागाईं एकआमा, एक गुरु,एक संरक्षक।जसको प्रेम, त्याग र कर्मले थुप्रैकोजीवनफेरिएकाछन् ।त्यो सानो घरभित्रठूलो संसार अडिएको छ ।जहाँमाया छ, विश्वास छ, र छ एक उर्जाशील प्रेरणा ।
कसैले जीवनको अर्थ विवाहमाखोज्छन्, कसैले करियरमा, कसैले सन्तानमा । तर दिक्षाको जीवनभने अर्कैधुनमा बगिरहेको छ ।जहाँ सन्तानआफैंजन्माएकीहोइनन्, तर मायादिएकीछन् ।उनीभन्छिन्, ‘यो संसार अलि फरक छ।हृदयले मात्रगर्न सकिने कामहो ।त्यो हृदयबिनाको सेवा, सेवाहुँदैन् ।’
२३ वर्षदेखि सानानानीहरूलाई माया, काख र भविष्यदिइरहेकीदिक्षा समाजलाई नयाँआँखाले हेर्ने दृष्टिकोणदिनचाहन्छिन् ।‘कसैले घोचेर बोले पनिगुनासो गर्दिन, उनीभन्छिन्, ‘पुरानालुगाभएपनिखुलामनले दिऔं । त्यो लुगामामाया छ कि छैन, म त्यसैलाई हेर्छु ।’
यस सानो स्वर्गमा, जतिबेलापनिकोही न कोहीआउँछ ।दशैंहोस् या तिहार, होलीहोस् या नयाँवर्ष–एउटाखाजा, केहीखाद्यन्न, केहीलुगाफाटालिएर।उनीहरूको नजरमात्यो ‘सामान’भन्दाठूलो कुरा हुन्छ ‘मन’ ।‘गुन्द्रुक र भात भएपनि सफामनले दिएको हो भने त्यो दस बोरा चामलभन्दाठूलो हुन्छ,’दिक्षामुस्कुराउँदै सुनाउँछिन् ।
अब दिक्षाको सपनाछ ।स्कुल र कलेज पढ्ने बालबालिकाकालागि छुट्टै होस्टलबनाउने ।साथै एउटामेडिकल रुमबनाउने जहाँ बिरामीहुँदा सुत्न, आरामगर्न रउपचार गर्न मिलोस् ।‘भवन त बनेको छ, धेरैको सहयोगले,’उनीभन्छिन्, तर अझै धेरै गर्न बाँकीछ।’
पाँचरोपनीक्षेत्रफलमाफैलिएको यो आश्रम नगरपालिकाले दिएको जग्गामाबनेको हो ।आज संसारभर छरिएकानेपालीहरूको सहयोगले बनिसकेको आश्रम अब ‘अझ राम्रो, अझ सुरक्षित’बनाउने तयारीमा छदिक्षा।
दिक्षाभन्छिन्, ‘म भगवानप्रतिआभारी छु ।अर्कोजन्मभयो भने पनिमलाई यहीजीवन, यहीहृदय, यिनै हातखुट्टा देऊ। अरू केहीचाहिँदैन।’उनीजन्मदिएकीआमाहोइनन्, तर हजारौंलाई जीवनदिएकीआमाहुन् ।बुढानिलकण्ठनगरपालिका–४ मा रहेकोटोखाबजार माथि रहेको पवित्र समाजसेवानेपालउनले संचालनगरिरहेको पवित्र घर हो जहाँ धेरैले आश्रय पाइरहेकाछन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ