भान्जालाई बचाउन जाँदा मामा पनि बेपत्ता, सप्तकोशीमा खोजी तीव्र

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता भएका छन् ।


सप्तकोशीमा बगेर बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका १६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।


उनीहरू सोमबार बराहक्षेत्र मन्दिर नजिकै नुहाउने क्रममा नदीको तीव्र बहावमा परेका थिए । वेपत्ता परिवारका अनुसार शुरुवातमा भान्जा जेनिसलाई नदीले बगाएको थियो । उनलाई बचाउने प्रयासमा मामा नवराज पनि नदीमा फसेर बेपत्ता भएका हुन् ।


घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै खोज तथा उद्धार कार्य सुरु गरेको छ । हालसम्म दुबै जना फेला नपरेको डीएसपी खतिवडाले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ