महिला एसिया कप : फाइनलमा भारत र श्रीलंकाको भिडन्त

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा पक्का भएको छ ।

शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा नवौं पटक पुगिसकेको छ ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको बंगालदेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा बिना विकेट भेट्टाएको हो ।

भारतका स्मृति मन्धनाले ५५ रनको शानदार अर्धशतक बनाइन भने सफाली वर्माले २६ रन जोडिन् ।

यता प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफानलमा भने श्रीलंकाले कठिन जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा दिएको १४१ रनको चुनौती एक बल बाँकी हुँदा श्रीलंकाले ७ विकेटको क्षतिमा १४१ रन बनाउँदै भेट्टाएको हो ।

आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ। यो खेल आइतबार दिउँसो ३ः१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ