पञ्चवर्षीय योजना तर्जुका सम्बन्धमा शीर्ष राजनीतिक तहमा अन्तरक्रिया

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ पञ्चवर्षीय योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ।

सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/०८२–२०८५/०८६) का विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिनुभएको हो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेताबाट प्राप्त सुझावलाई समेटिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताउनुभयो।

छलफलमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताको सहभागिता थियो।

छलफलमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराउनुभएको थियो। उहाँका अनुसार राजनीतिक दलबाट प्राप्त सुझावहरू समेटेर योजनाको मस्यौदालाई अन्तिम रूप दिइनेछ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
45%
5 km/h
बुध
18 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ