कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेकोे बताउनुभएको छ । पश्चिम नवलपरासीबाट बिहीबार सुरु गरेको दोस्रो चरणको संवाद यात्रामा उहाँले नेपाली कांग्रेस पार्टीले आफ्ना सबै कार्यकर्तामा खुसी ल्याउनुपर्छ भन्नुभएको हो ।

उहाँले नेपाली कांग्रेस पार्टीमा आठ लाख क्रियाशील सदस्य रहेका र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुसी र सङ्गठनप्रति उनीहरुमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राख्नुभयो ।

“यी सबै सदस्य खुसी भए भने देशका सबै मानिसलाई खुसी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुसियाली आउँदैन”, उहाँको भनाइ थियो ।

त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुसी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उहाँको तर्क थियो । पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

जिल्लाहरुमा जाँदा विविध खालका समस्याहरु देखिएकाले तिनको निकास पनि जिल्लाबाटै निकाल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

उहाँले आउने संसदीय निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी एकलै लड्ने पनि जानकारी दिनुभयो । उहाँले बिहीबार यहाँस्थित गुठ्ठी सूर्यपुरामा रहेको विपी कोइरालाको सालिकमा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्राको सुरुआत गर्नुभएको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ