पाल्पामा किशोरीको शव फेला, हत्या भएको आशंका

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पाल्पा । पाल्पामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो ।

स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा पदमा सुनारको शव फेला परेको स्थानीय बासिन्दा रामप्रसाद न्यौपानेले बताउनुभयो ।

किशोरीको शव क्षतविक्षत अवस्थामा रहेको उहाँले बताउनुभयो । उनको हत्या भएको आशंका गरिएको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ ।

घटनास्थल पुगेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
55%
2 km/h
आइत
16 °C
सोम
27 °C
मंगल
28 °C
बुध
30 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ