जनमत पार्टीले इलाम र बझाङमा उम्मेदवारी दिने, सरकारमा सहभागी नहुने

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

सो पार्टीका राष्ट्रिय प्रवक्ता डा शरद्सिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।

साथै सो पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनाका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
63%
6 km/h
शनि
19 °C
आइत
23 °C
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ