नेकपा एस छोडको भोलिपल्टै एमालेमा प्रवेश

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौंका नेता तथा कार्यकर्ता पार्टी छाडेको भोलिपल्टै एमालेमै फर्किएका छन् ।

हिजो मंगलबार मात्रै नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेलगायतका नेता तथा कार्यकताहरुले पार्टी परित्याग गरेका थिए ।

नेकपा एस छाडेको भोलिपल्टै आज बुधबार उनीहरु एमालेमा फर्किएका  हुन् । उनीहरुलाई काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलल, गण्डकी प्रदेश इन्चार्ज राजन भट्टराई, लगायतका नेताहरूले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटा रहेका छन् ।

त्यस्तै बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई,सचिव बिमल लामा,युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा,जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ,भानु रिजाल,केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने,दिपेश थापा,कृष्णहरी खड्का,किर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा,महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
60%
4 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
22 °C
मंगल
22 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ