Ad imageAd image

खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको सम्मान

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं  । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदको विकासका लागि खेल संघहरुले राम्रो काम गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको स्वागत कार्यक्रममा उनले खेल संघहरुको प्रगति र विकासले आफ्नो कार्यकालको सफलताको मापन हुने बताए ।

उनले भने, ‘संघहरुले राम्रो काम गरेमा, चलायमान भएमा मेरो कार्यकाल पनि सफल हुनेछ । त्यसैले सबै खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीलाई आआप्mनो खेलको विकासमा काम गर्न अनुरोध गर्दछु ।’

यसैगरी, उनले आफू मन्त्री बनेको ४० दिन भएको र यस अवधिमा खेलकुद ऐन, नियमावलीको अध्ययन गरिरहेको भन्दै यसमै टेकेर नेपाली खेलकुदको विकास गर्ने बताए ।

- Advertisement -
Ad imageAd image

कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त खेलकुद मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सोही क्रममा श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिकबीच समन्वय हुनु आवश्यक भएको बताए ।

यसैगरी, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ खेलकुद संघ बलियो हुँदा सो खेलले नतिजा पनि राम्रो निकाल्छ भन्ने उदाहरण कराँते बनेको बताएका थिए ।

खेलकुदमन्त्री चौधरीसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई पनि स्वागत कार्यक्रममा आमन्त्रित गरिएको थियो । उनी कार्यव्यवस्तताका कारण उपस्थित भएका थिएनन् ।

सो कार्यक्रममा विभिन्न खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
clear sky
21° _ 21°
36%
1 km/h
मंगल
32 °C
बुध
34 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ