न्यायाधीश खतिवडा सेवा निवृत्त

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा आजदेखि सेवा निवृत्त हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उहाँले सेवाबाट अनिवार्य अवकास लिनुभएको हो ।

न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले आज बिदाइ गर्नुभयो । न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गर्नुभएको थियो ।

सरकारी वकिल समूहबाट न्यायाधीश बन्नुभएका उहाँ २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रुपमा खतिवडाले २०८० साउन २१ गतेदेखि काम सुरु गर्नुभएको थियो । उहाँले वरिष्ठतम् न्यायाधीशको हैसियतमा न्याय परिषद् सदस्यको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
शुक्र
21 °C
शनि
23 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ