विकासका कुराहरुमा सरकारको ध्यान गएको छैन : नेता खनाल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कतिपय ठाउँमा स्थानिय तहहरुले आर्कषक काम गरेको बताएका छन् ।

आइतबार  स्थानीय सरोकार मासिक दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई  सम्बोधन गर्दै उनले स्थानिय तहहरुले गरेको  कामको समिक्षा गरे सबै कामहरुमा गुणस्तरको विकास हुने बताएका हुन् ।

उनले  भने, ‘हामीले गर्न सक्ने  धेरै कामहरु छन् । ति कामहरुमध्ये पनि स्थानिय  तह नगरपालिका र गाउँपालिकाहरुले कतिपय ठाउँमा बडो सुन्दर काम गरेको स्थिती छ । कतिपय ठाउँमा आर्कषक काम स्थानिय तहले गरेका छन् । ति कामहरुको  समिक्षा गरेर यसरी पनि काम गर्न सकिन्छ भनेर हामीले देशभरीका सबै पालिकाहरुलाई, नगरपालिकाको सन्दर्भमा नगरपालिकालाई, गाउँपालिकाको सन्दर्भमा गाउँपालिकालाई प्रशिक्षित गरेर सूचना मात्र प्रवाह गर्ने हो भने पनि हाम्रा कामहरुमा विस्तारै एउटा गुणस्तरको विकास हुन सक्छ ।’

साथै उनले विकासका कुराहरुमा सरकारको ध्यान नगएको बताए  । उनले सरकारले हरेक वर्ष बजेट छुट्याए पनि ठिक ढंगले बजेट छुट्याएको छ कि छैन, विकास निर्माण ठिक ढंगले अगाडि बढेका छन् की छैनन् भनेर राम्रोसँग निगरानी गर्नुपर्ने बताए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
59%
1 km/h
आइत
25 °C
सोम
27 °C
मंगल
28 °C
बुध
29 °C
बिहि
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ