प्रत्येक व्यक्ति जन्मँदा स्वतन्त्र रूपमा जन्मन्छन् । तर, अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् । जातिको आधारमा मानिसमाथि विभाजन र भेदभाव व्यक्तिगत अधिकारको गम्भीर उल्लङ्घन हो । नेपाली समाजमा यस्ता विभेदका घटनाहरू धेरै हुँदै आएको छ । त्यस्ता कतिपय घटना सार्वजनिक हुन्छन् त कतिपय घटना सार्वजनिक हुँदैनन् । जातीय पहिचानको आधारमा व्यक्तिलाई भेदभाव गर्ने कार्यले ‘तल्लो जात’ का नागरिक पीडित हुँदै आएका छन् । यस्ता घटना बर्सेनी सार्वजनिक हुनुले जातीय विभेद अन्त्यका लागि तर्कसङ्गत रूपमा सोच्न बाध्य तुल्याएको छ ।नेपाली समाज आज पनि मध्ययुगीन जातीय अहंकार, भेदभाव र दमनको आपराधिक, क्रूर तथा बर्बर पाशविकताबाट मुक्त हुन नसकेको परिसूचक घटनाले हामी सारालाई कलंकित र लज्जित बनाएको छ । यस्ता अक्षम्य अपराधको बारम्बार र व्याप्त निरन्तरताले हाम्रा ऐतिहासिक परिवर्तन, लोकतन्त्र, सुधार, प्रगति र आधुनिकतालाई व्यर्थ बनाएको छ ।
रुकुमको चौरजहारी नगरपालिका सोती गाउँमा १० जेठमा अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जना दलित युवालाई लखेटी–लखेटी मारेर नदीमा बगाइएको अपराध हामिले आखाले देखेका छौं। त्यति मात्र हैन। एहिले देशै भरी हेर्ने हो। भने शहरी यरिया होस। या गाउँका बस्तिहरुमा होस। दुवै ठाउँमा विभेद चलिरहेको छ। गाउँमा हेर्ने हो।भने पानी नखाइदिने छिमेकी भए पनि। घर भित्र पस्न नदिने र केही वस्तुहरु छुन नदिने। जस्ता ब्यवहार गर्ने गर्दछन। शहरी यरियामा दलित हो। भनेपछि घरको कोठा भाडामा बस्न नदिने गरिएको विभेद भोग्नु परिरहेको छ।यति मात्र हैन।सङ्गै एउटै कोठा अथवा एउटै घरमा बस्ने साथीले पनि कतै न कतै विभेद गरिरहेको हुन्छ।यो कारणले दलितलाई धेरै समस्या भैरहेको हुन्छ। त्यसैले यसको अन्त्य गर्न जरुरी छ। त्यो अधिकार पनि हो। जातका आधारमा मानिसबिच हुने भेदभाव अमानवीय कार्य हो । यस्ता व्यवहार कानुनी रूपमा अक्षम्य भए पनि संरचनात्मक मानसिकताका कारणले अझै पनि विद्यमान छ । भेदभावविरुद्ध समान अधिकार र न्यायको वकालत जारी रहे पनि कमजोर वर्गको रूपमा रहेका दलितहरू हिंसाबाट पीडित छन् ।
शुन्य हिंसाको परिकल्पना कागजमा मात्रै सीमित बनेको छ । हिंसा न्यूनीकरण गर्ने र शुन्यमा झार्ने काममा सरोकारवालाको भूमिका महत्वपूर्ण हुन्छ । सो कार्यका लागि समय घड्किन नदिनु नै विभेद न्यूनीकरणका लागि उपर्युक्त कदम हुन्छ । यो सबै कुरालाई नियालेर हेर्दा खेरी गहिरो अध्यन गर्दा खेरी उत्तम उपाय भनेको सबैको एउटै जाती बनाउनु पर्छ।र त्यो समान हुनुपर्छ। समान जाती भनेको अहिलेको नयाँ जाती सी जाती छ। यसलाई बिस्तार गर्नु पर्छ।हिजोका दिनमा दलित भनेर भन्नु पनि प्रगतिशील र ठिकै कुरा थियो होला।कुनैबेला शुद्र भन्नू पनि ठिकै हो।शुद्र भन्दा पहिले उनीहरु दास थिए।दासलाई नै शुद्र बनाइयो, पछि उनिहरु नै अछुत र दलितमा परिणाम गरिएका हुन।त्यसैले हामीले लामो छलफल , बहस , अध्ययन र रिसर्चपछि यो समुदायलाई श्रमिक समुदाय नामाकरण गर्नु सहि हुन्छ भन्ने निष्कर्षमा पुगेको हो।
मार्क्सवादले सबैखाले शोषण र विभेदको अन्त्यका लागि वर्गविहीन, जातिविहीन र अन्ततः राज्यविहीन समाजको परिकल्पना गरेको छ । संसारमा अहिले विद्यमान जातिको स्थानमा अन्तराष्ट्रिय नयाँ मानव जाति निर्माणको अवधारणा अघि सारेको छ । सामूहिकतामा निरन्तर गतिशील र रुपान्तरण भइरहनु नै कुनै पनि वस्तु, समाज र विज्ञानको नियम हो । सबै जाति पुरानो पहिचान र अस्तित्वबाट माथि उठेर नयाँ अन्तर्राष्ट्रिय मानव जातिमा विकास वा परिवर्तन हुनुपर्दछ । र त्यसको साझा आधार श्रम र सामूहिकता हुन सक्छ । श्रम गर्ने र सामूहिकताको जीवन बाँच्ने मानवहरुको नयाँ मानव जाति ।
कम्युनिष्टहरुले रणनीतिक रुपमा राज्यको विलुपीकरणको कुरा गरे पनि कार्यनीतिक रुपमा कम्युनिष्ट राज्यसत्ता निर्माणको कुरा गरे जस्तै रणनीतिक रुपमा सबैखाले जाति उन्मूलनको कुरा गर्दा कार्यनीतिक रुपमा नयाँ कम्युनिष्ट मानव जाति निर्माण गर्ने वस्तुवादी, वैज्ञानिक र अपरिहार्य हुन आउँछ । लेनिन र रोजा लक्जेम्बर्ग बीचको बहस पनि विषयलाई रणनीति र कार्यनीतिमा कुरा बुझ्नेमा थियो । संसारमा मानव जातिलाई विभाजित र विखण्डित गर्ने मूल आधार अर्थसम्बन्ध र त्यसबाट सृजित वर्ग विभाजन हो जसलाई वर्गीय राज्यसत्ताले संरक्षण गरिराखेको हुन्छ । तर मानव समाजलाई वर्गले मात्र होईन सामन्तवादी जात प्रथाले पनि विभाजित गरेको छ ।
जात-जाति बिचको अन्तरविरोधमा मूलतः वर्गीय राज्यसत्ता र आर्थिक स्वामित्वको प्रभाव रहेको छ तर हजारौं वर्ष देखि चलिआएको जात व्यवस्था र सामाजिक परम्पराका कारणले मानव जातिलाई साँस्कृतिक एवं मनोवैज्ञानिक रुपमा पनि विभाजित गरेको छ । जात व्यवस्था सामन्तवादको उपज हो भने यो पुँजीवादको संरक्षणमा टिकिराखेको छ । जात व्यवस्थाको सम्बन्ध निश्चय पनि सामन्ती एवं पुँजीवादी सत्ता र राजनैतिक व्यवस्था सँग छ तर जात प्रथाले समाजलाई यसरी गाँजिसकेको छ कि केवल सत्ता र व्यवस्थाको परिवर्तन गरेर या कानूनमा समानता लेखेर मात्र हजारौं वर्षदेखिका विभेद र विभाजन समाधान हुँदैनन् ।
पुराना जात-जातिहरु विचको अन्तरविरोध उनीहरु बिच समानता पैदा गर्न खोजेर पुग्दैन र नयाँ जातिको आधार सृजना गर्न आवश्यक छ । अझ दक्षिण एशिया र नेपालजस्ता हिन्दु वर्ण व्यवस्थाले बाँधेको समाजमा राजनैतिक परिवर्तनबाट मात्र जात व्यवस्थाको उन्मूलन सम्भव छैन् । एकिकृत जनकान्ति मार्फत दलाल पुँजीवादको अन्त्य गर्दै समाजवादी सांस्कृतिक कान्ति मार्फत वैज्ञानिक समाजवादको स्थापनासँगै पुरानो जातिलाई रुपान्तरण र विकास गरि वैज्ञानिक समाजवादी जातिको स्थापना उपयुक्त र अपरिहार्य देखिन्छ ।
सी जातिको अवधारणा दास युग, सामन्ती युग, पुँजीवादी युग, हजारौं वर्ष देखिको जात व्यवस्था र जात विभाजनको कम भङ्ग हो । पुराना जातहरुलाई रुपान्तरण गरि नयाँ जातिको विकास गर्न हो । माओको दार्शनिक भाषामा भन्दा पुराना जातिहरुको नयाँ जातिमा संश्लेषण हो । यो आफैमा युगान्तकारी कदम र नयाँ मानव सभ्यताको आरम्भ पनि हो। सी जातिको विकासले स्वभावतः नयाँ समाजको रचना गर्नेछ । यसले सी जातिको दृष्टिकोण, अर्थसम्बन्ध, सभ्यता, संस्कार र संस्कृति सृजना गर्नेछ ।त्यसैले सी जातिको बारेमा खोजी खोजी । बुझौं र खोजी खोजी पढौं।
✍️लेखक -राकेश सी
अखिल (समाजवादी) केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष