आइसीजेको आदेशको पालना गरौं: अस्ट्रेलियन एक मन्त्री

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

क्यानबेरा । अस्ट्रेलिया सरकारका एक वरिष्ठ मन्त्रीले इजरायललाई दक्षिणी गाजामा सैन्य आक्रमण रोक्न अन्तर्राष्ट्रिय अदालत (आइसीजे)को आदेशको पालना गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत आइसीजेले शुक्रबार इजरायललाई दक्षिणी गाजा सहर रफाहमा सैन्य आक्रमण तुरुन्तै रोकी इजिप्ट र गाजाबिचको राफाह क्रसिँग खोल्न आदेश दिएको छ ।

यसको जवाफमा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री तथा प्रधानमन्त्री एन्थोनी अल्बनिजको मन्त्रीमण्डलका सदस्य क्रिस बोवेनले सङ्घीय सरकारले उक्त फैसलालाई समर्थन गरेको बताउनुभएको छ ।

उहाँले रफाहको स्थितिलाई मानवीय प्रकोपको रूपमा वर्णन गर्दै त्यहाँ अझ खराब हुने सम्भावना व्यक्त गर्नुभयो ।

रफाहमाथि आक्रमण नगर्न स्थिर रहेको बोवेनले शनिबार पत्रकार सम्मेलनमा बताउनुभएको हो । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्नेमा विश्वास गर्ने बताउदै अष्ट्रेलियाको बाध्यकारी निर्णयको पालना गरी इजरायलले राफाहलाई आक्रमणलाई रोक्नुपर्ने उहाँले बताउनुभयो ।

आइसीजेको आदेशलाई १५ अन्तर्राष्ट्रिय न्यायाधीशको प्यानलले १३/२ मतमा पारित गरेको थियो । इजरायल र युगान्डाका न्यायाधीशले यस निर्णयको विरोध गरेका थिए

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
49%
3 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ