काठमाडौँ — किलर्स अफ फ्लावर मुनु अभिनेत्री लिली ग्ल्याडस्टोनले गोल्डेन ग्लोबमा उत्कृष्ट अभिनेत्री बन्दै यो अवार्ड जित्ने पहिलो आदिवासी महिलाको इतिहास रचेकी छिन् । मोसन पिक्चर( ड्रामा विधातर्फ उनी उत्कृष्ट अभिनेत्री घोषणा भएकी हुन् ।
उदयमान अभिनेत्री ग्ल्याडस्टोन पहिलोपटक गोल्डेन ग्लोबमा मनोनित भएकी थिइन् । फिल्ममा ग्ल्याडस्टोनले मोली पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । ओसेज राज्यमा सन् १९२० तिर उनको परिवारलाई नै श्रंखलाबद्ध हत्याको लक्षित बनाइएको थियो । फिल्मले ओसेजको तेल र सम्पत्ति हडप्न गरिएको हत्याको कथा समेट्छ ।
आफ्नो समूदायको भाषा सिकाउन मद्दत गरेकी आमालाई ब्ल्याकफिट भाषामै धन्यवाद दिँदै ग्ल्याडस्टोनले भनिन्, ुउहाँ ब्ल्याकफिट हुनुहुन्न । तर, पनि मिहेनत गरेर त्यो भाषा हामीलाई सिकाउनुभयो ।ु
आमाकै कारण आफूले ब्ल्याकफिट भाषा बोल्न सक्ने भएको पनि उनले बताइन् । ुयो ऐतिहासिक जीत हो । यो केवल मेरो मात्र अवार्ड होइन, जसलाई अहिले म समाउँदै छु, अवार्ड उचाल्दै उनले भनिन्, फिल्ममा अभिनय गर्नु भएका सम्पूर्ण मेरा दिदीबहिनीहरुको अवार्ड म उचाल्दैछु । जो समारोहको एउटा टेबलमा हुनुहुन्छ ।
यसमा मेरो आमाको पनि हक छ । अवार्ड जितिसकेपछि ग्ल्याडस्टोनले निर्देशक मार्टिन स्कोर्सिस र अभिनेता लियोनार्दो डिकाप्रियोलाई पनि धन्यवाद दिइन् ।