लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् ।

राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरुले लाइन होटलहरुमा अखाद्य खाना खुवाउने गरेको गुनासोहरु आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राती लाईन होटलहरुको अनुगमन गरेका हुन् ।

सो क्रममा धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित दर्जनौ लाइन होटलहरुमा अनुगमन गर्दा अधिकांश होटल मापदण्ड विपरीत रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

उनले खाना मात्र नभई पिउने पानी समेत पिउने लायक नरहेको बताए । आम नागरिक सरह होटलहरुमा पुगेएका मुख्यमन्त्री सिंहले ती होटलहरुको भान्सामा व्यापक फोहरको साथै कुनै मापदण्ड पालना नगरेको पाइएको बताए ।

मुख्यमन्त्री सिंहले खानाको गुणस्तरमा व्यापक सुधारको आवश्कता भएको भन्दै ती सम्पूर्ण होटलहरुलाई एक हप्ता भित्र सुधार गर्न निर्देशन दिए । एक हप्ता पछि पुनः अनुगमन गर्ने र फेरि कुनै कमि कमजोरी फेला परेमा सिँधा बन्द गर्ने चेतावनीसमेत दिए । मुख्यमन्त्री सिंहले बसका चालक र बस धनीहरुलाई कमिसनका लागि त्यस्ता होटलहरुमा बस नरोक्न समेत आग्रह गरे ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
haze
13° _ 13°
67%
2 km/h
मंगल
30 °C
बुध
31 °C
बिहि
31 °C
शुक्र
32 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ