‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनीको निधन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरिरलाई आज अपरान्ह ५ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाए ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए ।

नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका उनी श्रीमान हुन् । उनीहरुको एक छोरी छिन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
2 km/h
आइत
22 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ