Ad imageAd image

इलाम-२ मा सुहाङको जित निश्चित, ४६ सय बढी मतको अग्रता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मत गणना परिणामले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ ।

इलाम-२ को चार पालिकाको मत गणना सम्पन्न हुँदा नेम्वाङले ४ हजार ६८३ मतले अग्रता लिनुभएको छ । उक्त मतगणनामा १३ हजार ६९ मत सुहाङलाई प्राप्त भएको छ ।

यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ८ हजार ३८६ आएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ९८ मत आएको छ भने रास्वपाका मिलनकुमार योङहाङ लिम्बुको १ हजार ७१३ मत आएको छ ।

- Advertisement -
Ad imageAd image

यसैगरी, अहिले सम्म ३२ हजार ६३८ मत गणना भएको छ । अहिलेसम्मको फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिका ६, ७ को मत गणना सक्किएको छ । यसपटक इलाम– २ मा ६९ हजार २८७ मत खसेको थियो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
clear sky
21° _ 21°
36%
1 km/h
मंगल
32 °C
बुध
34 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ