अनुहार पारेरै मलिन आमा उठिनन्..बिकास राज आचार्यका मुक्तकहरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

आमा….

१.

अनुहार पारेरै मलिन आमा उठिनन्

मेरो बाबु भन्दै ढलिन आमा उठिनन्!!

हिजो संसार मेरै हो भन्ने मान्छे लाई

अन्तमा चाहियो दुई हात जमिन आमा उठिनन !!

२.

लगाई दिई मायाको हतकडि खुसि लागेको छ

कब्जा गरि दिलको कडि खुसि लागेको छ!!

हिजो मेरा आँखा फुटाउने बैगुनिले 

लैजाउ भन्छे टेक्ने छडि खुसि लागेको छ!!

३.

बाले आर्जेको सम्पति सकियो गाउँमा काम सकियो

डालो मा पिठो सकियकै दिन मुखमा माम सकियो!!

कसम्म मैले त्यो दिन देखि केही खाएकै छैन आमा 

जुन दिन थैलिमा चामल सकियो गोजिमा दाम सकियो!!

४.

नदेउ मलाई चोखो मन भनेकै त थिय

हुन सक्छ भनाभन भनेकैत थिय!!

तिमी सुन चादि हिरा मोति माग्छेउ भने प्रिया

म गरिब छु छैन धन भनेकैत थिय !!

५.

लगायाै सिन्दुर चढ्याै डोलि राम्रो संग जाउ

सुख्खै हुन्छ तिमी लाई भोलि राम्रो संग जाउ !!

गुण केही छैन तिमी लाई सम्झिने भन्थ्याै छुटने बेलामा

सम्झन्छेउ पक्कै झलझलि राम्रो संग जाउ !!

६.

झुपडि छ छैन मेरो दरबार सिकाउनु पर्छ

कसरी चल्छ जिबनको अबतार सिकाउनु पर्छ !!

केही जान्दिन भनेर चिन्ता नलिनु प्रिया तिमी मैले आमालाई भनेको छु अन्जान छे बुहारि व्यवहार सिकाउनु पर्छ !!

-बिकास राज आचार्य। -सुदूरपश्चिम बिश्वबिद्धालय केन्द्रीय क्याम्पसमा BALLB अध्ययनरत

सेयर: 235
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
27
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
49%
3 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ